चार हजार २०० ले बढ्यो आज सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला चार हजार २०० रुपैयाँले वृद्धि भई दुई लाख ८८ हजार रुपैयाँ कायम भएको छ । Ex

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँ थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले बढेर चार हजार ४७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार १२७ र चाँदीको मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार