शेयर बजार आज २१.१५ अंकले घटेर बन्द, २६६३ विन्दुमा सिमित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबारको कारोबारमा पनि घटेको छ । बजार २१.१५ अंक घटेर बन्द भएको हो । यससँगै बजार २६६३.१८ विन्दुमा झरेको छ । लगानीकर्ताको मनोबल बढ्न नसक्दा किन्नेभन्दा बेच्नेको चापले बजार निरन्तर ओरालो लागिरहेको छ ।

घट्दो बजारमा ५८ कम्पनीको सेयर मूल्य बढेको छ । २१४ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

चार अर्ब सात करोड आठ लाख ५३ हजार ६१० रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड सात लाख ६१ हजार ३९६ कित्ता सेयर ५२ हजार २७२ पटकमा किनबेच भएको छ ।

एभरेष्ट कलर लिमिटेडको मूल्यमा सर्किट ब्रेक लागेको छ । उक्त कम्पनीको सेयर मूल्य मंगलबार १५ प्रतिशत बढ्दा १७३१ रुपैयाँमा उक्लिएको छ । खानी खोला हाइड्रो, जोशी हाइड्रो, हिमालय बैंक डिबेन्चर, छ्याङ्दी हाइड्रो लगायतका कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।

समूहगत सूचकतर्फ १३ वटै घटेका छन् । व्यापार समूह सबैभन्दा धेरै १.१९ प्रतिशत घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार