सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक 

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।

रास्वपा महामन्त्री विपिन आचार्यका अनुसार सुनसरी घटनालगायत विषयमा छलफल गर्न लामिछानेले बिहीबार बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

आचार्यका अनुसार बिहान ८ बजे लेखा समितिको बैठक कक्षमा छलफल हुनेछ । छलफलमा संसद्‌मा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टीलाई आमन्त्रण गरिएको आचार्यले जानकारी दिए ।

सबै दललाई पत्राचार गरिएको र नेताहरूलाई लामिछानेले फोन गरेर पनि आमन्त्रण गरेका उनको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार