नेपालले गर्‍यो एसियाली विकास बैंकसँग २५ अर्ब ऋण लिने सम्झौता

काठमाडौं । सरकारले एसियाली विकास बैंक ९एडीबी० सँग २५ अर्बको ऋण सम्झौता गरेको छ । नेपाल भ्रमणमा रहेका एडीबीका अध्यक्ष मासातो कान्दा र अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न १६ करोड ५० लाख अमेरिकी डलर ९२५ अर्ब रुपैयाँ बराबर० ऋण लिने सम्झौता भएको हो । अर्थमन्त्रालयले उक्त ऋण सहुलीयतपूर्ण भएको जनाएको छ ।

कान्दा र वाग्लेको उपस्थितिमा सम्पन्न सम्झौतामा अर्थसचिव डा। घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका छन् ।

अर्थमन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार नेपालले एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा आपूर्ति व्यवस्थापन सुधार कार्यक्रम ९सबप्रोगाम– २० का लागि सो ऋण परिचालन गरिने छ ।

स्थानीय तहका खानेपानी र ढल व्यवस्थापनको एकीकृत पूर्वाधार निर्माणमा यो रकम परिचालनको लक्ष्य छ । साथै भन्सार कार्यप्रक्रिया र लजिस्टिक सेवा आधुनिकीकरणमा दोस्रो ऋण सम्झौतावापतको रकम खर्च गरिने छ ।

एसियाली विकास बैंकका अध्यक्ष कान्दाले नेपालसँगको ६ दशक लामो सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको विद्यमान वाह्य तथा आन्तरिक चुनौतीहरुको सामना गर्न बैंक सँधै सहयोगी हुने र नेपालका विकास प्राथमिकतासँग बैंकको प्राथमिकता मेल खाने उल्लेख गरे । कार्यक्रममा नेपाल सरकार तथा एसियाली विकास बैंकका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार