साताको पाहिलो कारोबार दिन नेप्सेका सबै समूह भए राताम्य 

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेदेखि औसत रूपमा तल झरेको नेप्से यो साताको पाहिलो कारोबार दिन सोमबार पनि राताम्य बनेको छ ।

आज नेप्सेमा ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ रुपैयाँको कारोबार हुँदा नेप्से २६.२९ अंकले घटेर २६२७.११ बिन्दुमा पुगेको हो ।

आजको कारोबारमा ३४ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने २३९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो ।

तर, आज ४ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । आज नेप्सेमा गिरावट आउँदा सबै समूहको सूचक राताम्य बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार