घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँले ओरालो लागेको हो ।

महासंघका अनुसार आज प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँ मा कारोबार भइरहेको छ । हिजो एक तोला सुनको मूल्य २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसतै चाँदीको भाउपनि आज ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६०५ रुपैयाँ निर्धारण भएको चाँदी आज २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५८५ रुपैयाँमा सीमित बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार