लगातार ७ दिन ओरालो लागेको नेप्से ४४ अंकले बढ्यो

काठमाडौं– कारोबारको दिन लगातार सात दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० बुधबार भने ४४.५९ अंकले बढेको छ ।

बुधबार नेप्सेमा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६५२.९३ बिन्दुमा पुगेको हो । आज नेप्सेको पुँजीकरण पनि १.७० प्रतिशतले वृद्धि भएको छ ।

बुधबार कारोबार भएका कम्पनीमध्ये २५२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १७ वटा कम्पनीको सेयर मूल्य घट्यो । तर, ६ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो । एक सातापछि नेप्से बढ्दा बुधबार सबै उपसमूह हरियाली भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार