दोहोरो अंकले घट्यो शेयर बजार, ४ अर्ब ४१ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार रकम साढे ४ अर्ब पनि पुगेन ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.४५ अंकले घटेको हो । ०.५४ प्रतिशतले बजार घट्दा नेप्से २६६०.०२ अंकमा ओर्लिएको छ ।

समग्रमा बजार घटे पनि फाइनान्स र ट्रेडिङ समूह क्रमशः ०.१९ र ०.८१ अंकले बढेको छ । बाँकी अरु समूह राताम्मे भएका छन् ।

आज ३३८ कम्पनीका १ करोड ७ लाख ७७ हजार ५ सय ८२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार ४ सय ८६.६२ रुपियाँ बराबरको कारोबार भएको छ ।

टक्सार, याक्बालिङ र भुजुङ हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १५, १५ र १४.६९ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै सोपान फर्माका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.०५ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज आँखुखोलाको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २९ करोड ६२ लाख ३३ हजार २ सय ६९.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार