काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धको सिकार अमेरिकी विमान कम्पनी बोइङ भएको छ ।
ट्रम्पले लगाएको अत्यधिक आयात करका कारण चीनबाट एउटा बोइङ जेट अमेरिका फर्किएको छ । यो जेट चीनको जियामेन एयरलाइन्सले प्रयोगगर्ने उद्देश्यले बनाइएको थियो । यो बोइङ७३७म्याक्स मोडेलको जेट सिएटलको बोइङ फिल्डमा शनिबार आइपुग्यो । जेटमा जियामेन एयरलाइन्सको लोगो रहेको छ ।
यो जेटले गुआम र हवाइमा ईन्धन भरेर आठ हजार किलोमिटरको यात्रा गरेर अमेरिका फर्किएको सिएनएनले जनाएको छ । यो जेट चीनको जौशान स्थित बोइङ कम्पनीको केन्द्रमा अन्तिम निर्माण तयारीपछि चिनियाँ एयरलाइन्सलाई हस्तान्तरण गरिने क्रममा थियो ।