ग्लोबल पासपोर्ट र्‍यांकिङः सिंगापुर शीर्षमा, नेपाल ९७औँ स्थानमा

काठमाडौं । ग्लोबल पासपोर्ट र्‍यांकिङमा सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ। सिंगापुरका नागरिकले विश्वका १९२ देशहरूमा पूर्वभिसाविना (भिसा–फ्री) पहुँच पाएका छन्।

हेन्ली पासपोर्ट इन्डेक्स–२०२६ को प्रतिवेदन अनुसार दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । यी तीन देशका नागरिकले १८७ देशमा भिसाविना प्रवेश पाउँछन् ।

नेपाल र उत्तर कोरिया दुवै देश ९७औं स्थानमा रहेका छन्, जसको भिसा–फ्री स्कोर ३५ रहेको छ ।

गत वर्षसम्म नेपालले विश्वका ३६ देशहरूमा बिना भिसा र अनअराइभल भिसा लिएर यात्रा गर्न सक्थ्यो भने यो वर्ष नेपालले एक देश गुमाएर केवल ३५ देशहरूमा यस्तो पहुँच खुम्च्याएको छ ।

गत वर्ष (सन् २०२५ मा) ३६ देशमा पहुँचसहित १०१ औं स्थानमा रहेको नेपालले यस वर्षको सूचीमा केही सुधार गरेको हो। सन् २०२६ को इन्डेक्समा नेपाल ९७औं स्थानमा उक्लिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार