आज बढ्यो शेयर बजार, झन्डै छ अर्बको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । कारोबार रकम पनि ६ अर्ब नजिक पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २७.८५ अंकले बढेको हो । १ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७८६.३५ अंकमा उक्लिएको छ ।

समग्रमा बजार उचालिए पनि म्युचुअल फण्ड सबैभन्दा बढी ०.२० प्रतिशतले घटेको छ । बाँकी अरु समूहमा हरियाली छाएको छ ।

आज ३४२ कम्पनीका १ करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६००.४९ रुपियाँ बराबरको कारोबार भएको छ ।

थ्रीस्टार हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.०१ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै भूगोल हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १०.३२ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज आँखु खोला जलविद्युतको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६० करोड २० लाख १४ हजार ४ सय ४.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार