काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार रकम पौने ४ अर्बमा सीमिति भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बजार १२.३६ अंकले घटेको हो । ०.४४ अंकले बजार घट्दा नेप्से परिसूचक २७४२.११ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि म्युचुअल फण्ड ०.१४ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूह स्थिर छ । बाँकी अरु समूह राताम्मे भएका छन् ।
आज ३४८ कम्पनीका ८९ लाख ५५ हजार ५ सय ४५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार ३ सय ८५.२७ रुपियाँ बराबरको कारोबार भएको छ ।