शुक्रबारबाट आइपीओ निष्काशन गर्दै सान्भी इनर्जी

काठमाडाैँ । सान्भी इनर्जीले भोलि शुक्रबार (वैशाख ५ गते)देखि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गर्न लागेको हो।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ८८ करोड रूपैयाँको १० प्रतिशत ८ करोड ८० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका ८ लाख ८० हजार कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। यो आइपीओमा इलाम जिल्लाको इलाम नगरपालिका वडा नं। १० (साविकको गोदक गाविसका १ देखि ९ नम्बर सम्मका वडा), माईजोगमाई गाउँपालिका वडा नं १ (साविकको नयाँ बजार गाविसका १ देखि ४ र ६ देखि ९ नम्बर वडा) माई गोजमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ गाविसका १ देखि ९ नम्बरसम्मका वडा) तथा नयाँबजार गाविसको वडा नं. ५०, सूर्योदय नगरपालिका वडा नं. १० (साविकको फिक्कल गाविसका ६ देखि ९ नम्बरसम्मका वडा) तथा सूर्योदय नगरपालिका वडा नं. १ (साविकको पञ्चकन्या गाविसका २, ६ र ८ नम्बर वडा)का बासिन्दाले आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार