आज सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो ।

आजको मूल्य दुई लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । हिजो तोलाको तीन लाख दुई हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार, चाँदीको मूल्य १२० रुपैयाँले घटेको छ । आजको मूल्य प्रतितोला पाँच हजार १३० रहेको छ । हिजो भने पाँच हजार २५० मा कारोबार गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार