काठमाडौं । कालिञ्चोक हाइड्रोपावरको आईपीओमा २७ लाख ४९ हजार ६ सय २ आवेदन परेको छ ।
कम्पनीले यही चैत २२ गतेदेखि २५ गतेसम्म निष्काशन खुला गरेको ६ लाख ८४ हजार ७५० कित्ता शेयरको लागि आवेदन माग गरेकोमा ३ करोड २१ लाख ६६ हजार ३९० कित्ता शेयरको लागि आवेदन परेको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेड रहेको छ ।
कम्पनीले ५५ करोड रुपियाँको जारी पूँजीमध्ये २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको थियो । यसमध्ये ५ लाख ५० हजार कित्ता शेयर स्थानीय बासिन्दालाई र ८२ हजार ५०० कित्ता शेयर श्रम स्वीकृति लिएर विदेशमा काम गरिरहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ ।
कम्पनीले ४१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कर्मचारीहरूका लागि सुरक्षित राखेको छ ।