काठमाडौ– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्ने भएका छन् ।
प्रधानमन्त्री शाहले आज मध्याह्न १२ बजे नेपालमा रहेका विभिन्न करिब २० देशका राजदूतसँग भेटवार्ता गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री भएलगत्तै विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट्ने अभ्यास रहेको थियो ।विगतका प्रधानमन्त्रीहरूले राजदूतहरूलाई एक्लाएक्लै भेट्ने गरेकोमा प्रधानमन्त्री शाहले नयाँ अभ्यासको सुरुवात गर्न लागेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल प्रमुख कुमार राई, प्रवक्ता तथा सह–सचिव लोकबहादुर पौडेल क्षेत्री र मुख्य सचिव सुमनराज अर्याल पनि सहभागी हुने जनाइएको छ ।