काठमाडौं । सर्वोच्च अदालतले चैत २६ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंबाट थपिएको ५ म्याद समाप्त भएपछि हिरासतमुक्त गर्न सर्वोच्चको आदेश आएको हो ।
पछिल्लो पटक जिल्ला अदालतले २१ चैतदेखि लागु हुने गरी तेस्रोपटक ५ दिनको लागि म्याद थप गरेको थियो । आज साँझ न्यायाधीशद्धय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले दिएको आदेशले चैत २६ मा ओली र लेखक हिरासतमुक्त हुनेछन् । पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै उनीहरुको म्याद नथप्न परमादेश जारी भएको हो ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनकाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको सिफारिसपछि सरकारले ओली र लेखकलाई अनुसन्धान गर्ने भन्दै प्रहरीले १४ चैतमा पक्राउ गरेको थियो ।