नयाँ सरकारलाई सेयर बजारले गरेन स्वागत

७१ अंकले घट्यो नेप्से

काठमाडौं । नयाँ सरकार गठनपछिको पहिलो कारोबारमा सेयर बजारमा उच्च गिरावट देखिएको छ । सेयर बजारमा आज आइतबार ७१ अंकले घटेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रधामन्त्री तथा अर्थशास्त्री स्वर्णिम वाग्ले अर्थमन्त्री छन् । कारोबार सुरु हुँदादेखि नै घट्न थालेको बजार अन्तिमसमयसम्म कायम रह्यो ।

बेच्नेको चाप बढी हुँदा आइबार बजार ७१.०५ अंकले घटेको छ । यससँगै बजार २८७९.११ विन्दुमा झरेको छ ।

यसअघिको अन्तिम कारोबार दिन बिहीबार (चैत १२) सेयर बजार १४.२१ अंक बढेर २९५०.१६ विन्दुमा उक्लिएको थियो ।

यसदिन १० कम्पनीको मूल्य बढ्दा २५५ कम्पनी सेयर मूल्य घटेको छ । आइतबार १५ अर्ब ३३ करोडको कारोबार भएको छ ।

रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रो, रिजलाइन इनर्जी सूर्यकुन्ड हाइड्रोको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार