काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले जारी गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि आवेदन दिने समय आज (चैत १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आफ्नो एक अर्ब चार करोड रुपैयाँ बराबरको जारी पुँजीको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरका २० लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो । यसमध्ये १० लाख ४० हजार कित्ता (१० करोड ४० लाख रुपैयाँ बराबर) सेयर स्थानीयका लागि छुट्याइएको छ।
स्थानीयमध्ये पनि सबैभन्दा प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का बासिन्दाहरूका लागि ५ लाख २० हजार कित्ता सेयर छुट्याइएको छ। त्यस्तै वडा नं. ५, ६, ७ र ११ का लागि ३ लाख १२ हजार कित्ता र जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि २ लाख ८ हजार कित्ता सेयर विनियोजन गरिएको छ। आवेदन दिन न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको सीमा तोकिएको छ।