सेयर बजार आज १४ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १४.२१ अंकले बजार बढेर २९५०.१६ विन्दुमा बन्द भएको हो ।

३४३ कम्पनीको तीन करोड चार लाख ३८ हजार कित्ता एक लाख ४२ हजारपटकमा किनबेच हुँदा १३ अर्ब १६ करोडको कारोबार भएको छ । अघिल्लो दिन १५ अर्ब नौ करोडभन्दा बढीको कारोबार भएको थियो ।

नेप्सेका अनुसार, १७८ कम्पनीको मूल्य बढ्दा ८० कम्पनीको मूल्य घट्यो । यस्तै, आठ कम्पनीको स्थिर रह्यो ।

आज रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, होटेल फरेस्ट इन, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

१३ वटा उपसूहमध्ये विकास बैंक, जीवन बिमा र कारोबार समूहबाहेक सबैको परिसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह १५६.५३ अंकले बढेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार