काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्ने तयारी गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर वितरण गरिसकेको छ।
कम्पनीले ५५ करोड रुपैयाँको जारी पूँजीमध्ये २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको थियो। यसमध्ये ५ लाख ५० हजार कित्ता शेयर स्थानीय बासिन्दालाई र ८२ हजार ५०० कित्ता शेयर श्रम स्वीकृति लिएर विदेशमा काम गरिरहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ। अब दोस्रो चरणमा कम्पनीले ४१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कर्मचारीहरूका लागि सुरक्षित राखेको छ।