दोहोरो अंकले बढ्यो सेयरबजार, १४ अर्ब ८३ करोडको कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत ३४१ कम्पनीको ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ८३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आज १३ उपसूचकमध्ये ८ वटा समूहमा हरियाली छाएको छ भने ५ समूहमा रातो पोतिएको छ । सर्वाधिक बढ्ने समूहमा व्यापार समूह रहेको छ । यो समूहको आज ९.१२ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, बैंकिङ समूह ०.६७ प्रतिशत, विकास बैंक समूह १.३८ प्रतिशत, फाइनान्स समूह ०.५१ प्रतिशत, हाइड्रोपावर समूह १.३२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.११ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.८६ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.२५ प्रतिशतले बढेको छ ।

आज घट्ने समूहहरुमा होटल तथा पर्यटन समूह ०.१७ प्रतिशत, जीवन बीमा समूह ०.३७ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.४६ प्रतिशत, निर्जीवन बीमा समूह ०.३८ प्रतिशत र अन्य समूह ०.१६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार