नेतन्याहुले आफू जिउँदै रहेको प्रमणित गर्न पत्रकार सम्मेलन गरे

काठमाडौं । इजरायलका प्रधानममन्त्री बेन्जामिन नेतन्याहुले आफू जिउँदै रहेको प्रमणित गर्न पत्रकार सम्मेलन गरेका छन् ।

उनले बिहीबार राति पत्रकार सम्मेलन आयोजना गरेर आफू जिउँदै रहेको प्रमाण विश्व समुदायलाई दिएका हुन् ।

‘म सबैभन्दा पहिले भन्न चाहन्छु कि म जिउँदै छु र तपाईं सबै यसको साक्षी हुनुहुन्छ,’ नेतन्याहुले पत्रकार सम्मेलनको सुरूवातमै भने, ‘यसका साथै म सबै फेक न्युजको खण्डन गर्छु ।’

सामाजिक सञ्जालमा उनको मृत्युको अफवाह फैलिएपछि नेतन्याहु पत्रकार सम्मेलनमार्फत् सार्वजनिक भएका हुन् ।

उनले भने, ‘राष्ट्रपति ट्रम्पको नेतृत्वमा अमेरिका र इजरायल अत्यन्तै मजबुतीका साथ आफ्नो लक्ष्यमा अगाडि बढेका छन् ।’

यसअघि १३ मार्चमा नेतन्याहुको एक्स अकाउन्टमा एउटा भिडियो पोस्ट गरिएको थियो । जसमा उनी इरानको हमलाबारे जानकारी दिइरहेका देखिएको थियो ।

सामाजिक सञ्जालमा कयौं प्रयोगकर्ताहरूले उक्त भिडियोलाई ‘एआई जेनरेटेड’ भनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार