शेयर बजार आज दोहोरो अंकले बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार (चैत ३) सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ ।

यस दिन बजार १३.५१ प्रतिशतले बढेर नेप्से परिसूचक २८१२.३४ विन्दु कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । हिजो ११ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएकामा आज १२ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भयो ।

नेप्सेका अनुसार, ३४० कम्पनीको कारोबार हुँदा १३२ कम्पनीको सेयर मूल्य बढ्यो भने ११३ कम्पनीको घट्यो । यस्तै, ११ कम्पनीको स्थिर रह्यो ।

समूहगत सूचकतर्फ सबैभन्दा बढी हाइड्रोपावरको परिसूचक ५९.९८ अंकले बढेको छ ।

रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक, होटेल फरेस्ट इनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार