काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार (फागुन १२) सेयर बजार २१.६२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, यस दिन बजार ०.८२ प्रतिशतले बढेर २६३८.६० विन्दु कायम भएको छ ।
यस दिन ३२८ कम्पनीको कारोबार भयो । २१३ कम्पनीको मूल्य बढ्दा ४२ कम्पनीको घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो । यस दिन चार अर्ब २३ करोडभन्दा बढीको सेयर किनबेच भएको छ । अघिल्लो दिन पाँच अर्ब १३ करोडको कारोबार भएको थियो ।
सालपा विकास बैंकको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ९.३१, हिमालयन पावर पार्टनरको ९.१५, सागर डिस्टिलरीको ८.९६, बन्दीपुर केबलकारको ८.३४ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानलको सर्वाधिक ३७ करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । साथै, आँखुखोला जलविद्युत्, रिदी विद्युत् कम्पनी, ङादी पावर र रिदी पावरको क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् ।
१३ वटा उपसमूहमध्ये सबै सूचक बढेका छन् । सबैभन्दा धेरै १५८ अंकले बढेको छ ।