सुपरमाई हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही फागुन १३ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीले घोषणा गरेको लाभांश पाउन र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

कम्पनीले गत आवका लागि २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५९ लाख २७ हजार ९७७.८४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार