काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (माघ २५) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोर अंकको गिरावट आएको छ ।
यस दिन बजार १०.२५ अंकले घटेर नेप्से परिसूचक २६९८.४४ विन्दुमा बन्द भएको छ । कारोबार रकम भने सामान्य बढेको छ ।
गत शुक्रबार ११ अर्ब ५८ करोड २८ लाख रुपैयाँको कारोबार भएकामा आज ११ अर्ब ६५ करोड ९७ लाखभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
सुपर मादी हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, रिदी पावर कम्पनी, खानीखोला हाइड्रोपावर, हिमालयन हाइड्रोपावरको मूल्य क्रमशः ९.९८, ९.९७, ५.३९ प्रतिशतले बढेको छ ।