आज शेयर बजार दोहोरो अंकले घट्याे, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिनमा सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस दिन बजार १२.५८ अंकले घटेर नेप्से परिसूचक २६८३.१५ विन्दुमा बन्द भएको छ । अघिल्लो दिन १.५३ अंकले बढेर २६९५.७३ विन्दु कायम भएको थियो ।

आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिन आठ अर्ब २२ करोड ३९ लाख रुपैयाँको कारोबार भएकामा आज आठ अर्ब ६३ करोड १५ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेमा आज ३२२ कम्पनीको सेयर किनबेच भयो, जसमा ६६ कम्पनीको बढ्यो भने १९० वटाको घट्यो । तीन कम्पनीको मूल्यमा कुनै फेरबदल भएन ।

कालिञ्चोक दर्शन लिमिटेडको मूल्यमा सकारात्मक सर्किट लाग्यो । त्यसपछि एचएलआई लार्ज क्याप, मेगा म्युचुअल फन्ड–१, पञ्चकन्या माई हाइड्रोपावरको मूल्य क्रमशः ९.९५, ५.७९ र ५.१५ प्रतिशतले बढ्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार