१५ फाइनान्स कम्पनी मध्ये ३ वटा घाटामा रहँदा १२ ले कति नाफा कमाए ?

काठमाडौं । हाल सञ्चालनमा रहेका १५ फाइनान्स कम्पनी मध्ये ३ वटा कम्पनी घाटामा रहँदा १२ कम्पनीले नाफा कमाएका छन् ।

फाइनान्स कम्पनीहरुद्वारा प्रकाशित चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमाससम्मको अपरिस्किृत वित्तीय विवरणले यस्तो देखाएको हो ।

छ महिना अवधिमा नाफा कमाएका १३ कम्पनी मध्ये पोखरा फाइनान्स कम्पनीले सबैभन्दा बढी २३ करोड २८ लाख नाफा कमाएको छ । त्यस्तै सबैभन्दा कम समृद्धि फाइनान्सले ११ लाख ६९ हजार नाफा कमाएको छ ।

जानकी, प्रोग्रेसिभ र नेपाल फाइनान्स भने घाटामा रहेका छन् ।

कुन फाइनान्स कम्पनीले कति कमाए ?

१. पोखरा फाइनान्स–२३ करोड २८ लाख

२. मञ्जुश्री फाइनान्स १३ करोड ५३ लाख

३. गुडविल फाइनान्स–११ करोड १७ लाख

४. गोर्खाज फाइनान्स–६ करोड १६ लाख

५. सेन्ट्रल फाइनान्स–३ करोड ९१ लख

६. आइसीएफसी फाइनान्स–३ करोड २० लाख

७. बेस्ट फाइनान्स–१ करोड ७४ लाख

८. गुहेश्वरी मर्चेन्ट–१ करोड ६८ लाख

९. श्री इन्भेष्टमेन्ट–१ करोड २१ लाख

१०. मल्टिपर्पोज फाइनान्स–७८ लाख ३४ हजार

११. रिलायन्स फाइनान्स– १७ लाख २३ हजार

१२. समृद्धि फाइनान्स–११ लाख ६९ हजार

१३. जानकी फाइनान्स– २ करोड २३ लाख (घाटा)

१४. प्रोग्रेसिभ फाइनास– २ करोड ९२ लाख (घाटा)

१५. नेपाल फाइनान्स–८ करोड ७३ लाख (घाटा)

प्रतिक्रिया
सम्बन्धित समाचार