सुनचाँदीको मूल्यले आज पनि बनायाे नयाँ रेकर्ड, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ३०० रुपैयाँले बढेर ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि सोमबार छापावाल सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान बनाएको छ । चाँदी आज १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८७० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार