आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच ५ बजे वार्ता हुने

काठमाडौं – आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको हो।

‘अहिलेसम्म साँझ ५ बजेको समय भनिएको छ। शिक्षकहरू आउनु भएन वा केही कारणले सर्‍यो भने भन्न सकिन्न,’ मन्त्रालयका एक अधिकारिले भने।

यसअघि पटक-पटक बोलाउँदा पनि महासंघ वार्तामा गएको थिएन। तर, आजको छलफलमा सहभागी हुने महासंघले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार