बैंकहरूको निक्षेप ७७ खर्ब पुग्यो, कर्जा प्रवाह पौने ५८ खर्ब

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप पहिलो पटक ७७ खर्ब रूपियाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ २ गते सम्मको तथ्यांकले बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप सो विन्दुमा पुगेको देखाएको हो ।

नेपालमा पहिलो पटक बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप ७७ खर्ब रूपियाँ पुगेको हो । माघ २ बैंक तथा वित्तीय संस्थामा ७७ खर्ब सात अर्ब रूपियाँ निक्षेप छ । यद्यपि, माघ ३ गते त्यो ७६ खर्ब ९६ अर्ब रूपियाँमा झरेका छ ।

तथ्यांक अनुसार माघ २ गतेसम्म वाणिज्य बैंकहरूमा ६९ खर्ब ३८ अर्ब रूपियाँ र अन्य बैंक तथा वित्तीय संस्थामा सात खर्ब ६९ अर्ब रूपियाँ निक्षेप छ । बढ्दो रेमिट्यान्स लगायतका कारण बैंकहरूमा निक्षेप बढ्दो क्रममा छ ।

यस अवधिसम्म आउँदा बैंकहरूको कुल कर्जा प्रवाह भने ५७ खर्ब ८७ अर्ब रूपियाँ पुगेको छ । त्यसमा वाणिज्य बैंकहरूले ५१ खर्ब ४७ अर्ब रूपियाँ र अन्य बैंक तथा वित्तीय संस्थाले ६ खर्ब ३९ अर्ब रूपियाँ कर्जा प्रवाह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार