काठमाडौँ –काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि हावाहुरी सहितको बर्षा भइरहेको छ । वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा घटिरहेको छ । बुधबार सम्म विश्वकै सबैभन्दा बढि प्रदूषित सहरको रुपमा रहेको काठमाडौँको प्रदूषण आज धेरै मात्रामा घटेको छ ।
बिहान साढे ८ बजेको रिर्पोट अनुसार काठमाडौँको एयर क्वालिटि एक्यूआई १ सय १२ रहेको छ । जुन स्वास्थ्यका लागि भने हानिकार नै मानिन्छ । यस अघि बुधबार सम्म काठमाडौँको एक्यूआई २ सय भन्दा माथि थियो । आज सबैभन्दा प्रदूषित सहरको सूचीमा पाकिस्तानको लहोर सिटी रहेको छ भने दोस्रो नम्बरमा भारतको नयाँ दिल्ली सहर रहेको छ । नेपाल यो सूचीमा आज १३औँ स्थानमा पुगेको छ ।