काठमाडौं । पार्टी रुपान्तरणको एजेण्डामा संस्थापन पक्ष तयार नभएपछि बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले बोलाएको विशेष महाधिवेशन निर्णायक मोडतर्फ अघिबढेपछि अब कांग्रेस विभाजनको संघारमा पुगेको छ ।
महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा पेश गरेको पार्टीको आम संरचनात्मक सुधार लागयतका प्रस्ताव मंगलबार साँझ पारित भएका छन् । यी प्रस्ताव पारित हुँदै गर्दा महामन्त्री गगन थापाले आफूहरु विद्रोहमा सामेल भएकाले अब यही सन्देश लिएर जाने उद्घोष गरेका छन् ।
यसैबीच नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र पनि सकिएको छ । बन्दसत्रमा सहभागी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदन पारित भएका छन् ।
यस्तैमा नेपाली कांग्रेसका तीन समूहबीच भएको छलफलको प्रस्ताव लिएर देउवा समूहका नेताहरु सभापति शेरबहादुर देउवाको निवास गएका छन् ।
रमेश लेखक र बालकृष्ण खाँण देउवा निवास पुगेका हुन् । उनीहरुले देउवाको धारणा लिएर आएपछि फेरि छलफल हुने जनाइएको छ ।