विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझाबाट आएका ७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले विवेकशील साझाबाट आएका ७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी समायोजन पछि आज ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको रास्वपाले जनाएको छ ।

मनोनीत हुनेमा समीक्षा वास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन् । केही समय अघि विवेकशील साझा पार्टी रास्वपामा समाहित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार