सिन्धु विकास बैंकले माग्यो सीईओ पदका लागि आवेदन

काठमाडौं । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा आवेदन माग गरेको छ । शुक्रबार बैंकले एक सूचना जारी गर्दै योग्यता पुगेका व्यक्तिलाई आवेदन दिन आह्वान गरेको हो ।

बैंकले व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका व्यक्तिले आवेदन दिन सक्ने बताएको छ ।

त्यस्तै, चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्न अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्ष काम गरेको हुनुपर्ने पनि बताइएको छ ।

यसरी उमेर ४० वर्ष पूरा भई ६५ वर्ष ननाघेका व्यक्तिले १५ दिनभित्र पूर्ण बायोडाटा (सीभी), शैक्षिक प्रमाणपत्र, लब्धाङ्कपत्रको प्रतिलिपि तथा अपराधिक पृष्ठभूमि नदेखिएको प्रहरी प्रतिवेदन सहित बैंकको इमेल ठेगाना मार्फत दरखास्त आवेदन दिनु पर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार