काठमाडौँ – २३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको सार्वजनिक तथा सरकारी सम्पत्ति, भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आकार १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार बिहीबारसम्म उक्त रकम जम्मा भएको हो ।
पछिल्लोपटक मेटलाइफ नेपाल इन्स्योरेन्सले कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले स्थापना गरेको कोषमा रकम जम्मा गरेको जनाएको छ ।