रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता, पदीय बाँडफाँटमा मिलेन कुरा

पार्टीको नाम उज्यालो नेपाल र चुनाव चिह्न चिम नै हुनुपर्ने कुलमानको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच मध्यरातसम्म वार्ता भएको छ । वार्ता भए पनि सहमति भने जुट्न सकेन ।

आज राति भएको वार्तामा कुलमानले पार्टीको नाम उज्यालो नेपाल र चुनाव चिह्न चिम नै हुनुपर्ने अडान राखेका थिए । रविले पनि पार्टी सभापतिमा कार्यकारी अधिकार रहनुपर्ने बताएका थिए । दुवैपक्ष आफ्नो अडानबाट पछि नहट्दा वार्ता टुंगोमा पुग्न सकेको रास्वपाका एक नेताले जानकारी दिए ।

कुलमानले कार्यकारी सभापति आफू हुनुपर्ने बताउँदै आएका छन् । बालेनसँग भएको सहमतिमा रविले यो पद लिने सहमति भएको छ ।

“मध्यरातसम्म वार्ता भयो । तर, पदीय बाँडफाँटको कुरा नमिलेपछि निष्कर्षविहीन बन्यो,” ती नेताले भने, “अझै पनि सहमतिको प्रयास हुनेछ । आज पनि वार्तामा बस्ने सहमति भएको छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार