दीपेन्द्र अग्रवाल धरौटीमा रिहा

काठमाडौं । बारम्बार विवादमा पर्दै र पक्राउ पर्दै आएका शेयर कारोबारी दिपेन्द्र अग्रवाल धरौटीमा रिहा भएका छन् । उनलाई १० दिनअघि राजधानीको चुनदेवी क्षेत्रबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पक्राउ गरेको थियो ।

धितोपत्रको झुटो कारोबार र मूल्य प्रभावित बनाएको कसुरमा अग्रवाल पक्राउ परेका थिए । उनले भने आफ्नो पक्राउको रोस नेपाल धितोपत्र बोर्ड र यसका अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि पोख्दै आएका थिए ।

उनलाई काठमाडौं जिल्ला अदालतले धरौटी लिएर छाड्न आदेश दिएको हो । अग्रवालले हिरासतभित्रै भोकअडताल गरेको समाचार समेत आएको थियो । पक्राउ परेपछि उनको रिहाईको लागि परिवारमार्फत बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार