सुनमा फेरी नयाँ कीर्तिमान, कति पुग्यो आज तोलामा ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार (पुस ११) पुनः नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम छ । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबार (पुस १०) छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

सुनको यसअघिको उच्च मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ थियो । यही पुस ९ गते सुन उक्त मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला चार हजार ५६५ रुपैयाँ खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार