ASEZWAO द्वारा इलाका प्रहरीलाई ‘मेलमिलाप प्रतिक्षालय’ हस्तान्तरण (तस्बीरसहित)

हाल १७५ वटा राष्ट्रहरूमा ७५०० क्षेत्रहरूमा सक्रिय भएर ASEZWAO ले बिभिन्न अभियान गरिरहेको छ

इटहरी । ASEZWAO ले इलाका प्रहरी कार्यलय इटहरीलाई ‘मेलमिलाप प्रतिक्षालय’ हस्तान्तरण गरेकाे छ । जागिरे युवाहरूको अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZWAO ले एक कार्यक्रमकाबीच आज साेमबार ‘मेलमिलाप प्रतिक्षालय’ हस्तान्तरण गरेकाे हाे । बिहान शुरू भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रहरी नायब उपरिक्षक सुभास हमाल उपस्थित हुनुहुन्थ्याे भने अरू अतिथीका रूपमा इटहरी उपमाहानगरपालिका वडा ९का वडा अध्यक्ष जीतेन्द थापा लगायत राजनीतिक दलका सदस्यहरू, सामाजिक, शैक्षिक , प्रशासनिक, सूचना तथा सञ्चार लगायत बिभिन्न क्षेत्रबाट बिशिष्ट व्यक्तित्वहरू अतिथीका रूपमा कार्यक्रममा उपस्थीति हुनुभएकाे थियो । साथै ASEZWAO का २०० भन्दा बढी सदस्यहरूको पनि कार्यक्रममा उपस्थित रहेको थियो ।

ASEZWAO का सदस्यहरूले इलाका प्रहरी कार्यलय इटहरीलाई मेलमिलाप प्रतिक्षालय निर्माण गरी दिन पाएकाेमा खुशी ब्यक्त गरेका थिए। साथै ASEZWAO का सदस्यहरूले स्वयमसेवा गर्न सकिने थुप्रै ठाउँहरू भए पनि देश र जनताको शान्ति र सुरक्षाको निम्ति अहोरात् परिश्रम गरेका ‘नेपाल प्रहरी हाम्रो साथी’ भन्ने नारा मात्र होइन हामी पनि प्रहरीको साथी हौ भन्ने ज्वलन्त उदहरण बनेर देखाएका थिए । उक्त कार्यको कदर गर्दै इलाका प्रहरी कार्यलयको तर्फबाट ASEZWAO लाई प्रसंसापत्र पनि प्रदान गरेको थियो । साथै इटहरी रंगशाला सरसफाइमा याेगदान पुर्याएकाे वापत इटहरी राष्ट्रीय जगृती क्लबद्वारा ASEZWAO लाइ सम्मानपत्र प्रदान गरेको थियो ।

ASEZWAO चाहिँ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरूको अन्तर्राष्ट्रिय स्वयंसेवक समूह हो । ASEZ को अर्थ Save The Earth From A to Z हो। जसको अर्थ पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं भन्ने अर्थ रहेको छ। WAO को अर्थ चाहिँ We Are One family अर्थात् हामी एउटै परिवार हौ भन्ने अर्थ रहेको छ।,हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं भन्ने नारा ASEZWAO मा रहेको छ । हाल १७५ वटा राष्ट्रहरूमा ७५०० क्षेत्रहरूमा सक्रिय भएर ASEZWAO ले बिभिन्न अभियान गरिरहेको छ।

Asez Wao ले हामी एउटै परिवार भएर मानबजाती र पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं भन्ने नाराका साथ बिभिन्न अभियान सञ्चालन गर्दै आएको छ । रक्तदान कार्यक्रम , शैक्षिक सहयोग आपत्कालीन ब्याबस्थापन ,राहत बितरण , वृदा आश्रममा सहयोग ,सडक सरसफाई ,खोला/ नदी /समुद्र सरसफाई ,पृथ्वीलाई स्वच्छ हराभरा बनाउन वृक्षारोपण कार्यक्रम ,जनचेतना जगाउन गोष्ठी कार्यक्रमको आयोजना ,बिभिन्न सरकारी निकायहरु र संघ संस्थाहरू सँग सहकार्य गर्दै २०४० सम्म प्लास्टिक मुक्त गर्नेछौँ भने अभियानभित्र दिगो संसार बनाउन UNSDGs हस्ताक्षर समर्थन गर्दै अगाडि बढिरहेको छ । परिणामस्वरूप ASEZWAO ले गरेको कार्यहरूको कदर गर्दे विभिन्न सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाबाट राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्डहरू हासिल गरीरहेको छ । जसअन्तर्गत अमेरिकाबाट, अमेरिकी राष्ट्रपतिय स्वयंसेवक अवार्ड ,पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट मान्यता प्राप्त प्रमाण पत्र, पेरु गभर्नरबाट सम्मान पदक हासिल गरेको छ । त्यसैगरी ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड गरी करीब ७०० भन्दा बढी अवार्डहरू हासिल गर्न सफल भएको छ। नेपालबाट पनि बिभिन्न निकायहरूबाट प्रशंसापत्रहरू प्राप्त गरिरहेको छ ।

AsezWao का सदस्यहरूले नेपालमा पनि यसबर्ष बिभिन्न गतिविधिहरु सञ्चालन गरेको छ । मकवानपुरको बस्तीपुर ,भक्तपुरको दुवाकोट, ललितपुरको ग्वार्को, नेपालगञ्जको वाटरपार्क, ललितपुरको भैँसीपाटी एकान्तकुना,भरतपुरको जोर-कोसुम पार्क, त्रियुगा नगरपालिकाको सडक र पार्क , सुन्दर हरैचा ग्रामथान , विनायक नगरपालिकाको सडक ,गोकर्णेश्वर सुन्दरीजलको सडक ,बुढानिलकण्ठ नगरपालिका सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । इटहरीको सुभ मार्ग टोलमा छिमेकी सहज पुल निर्माण कार्य ,चन्द्रागिरी वडा नं ४ मा डस्टबिन राख्ने कार्य , टिकापुरमा Mom’s गार्डेन प्रोजेक्ट (बृक्षारोपन),सहयोगी उच्च माध्यमिक विद्यालयमा जिरो प्लास्टिक क्यम्पेन,ललितपुरमा ASEZWAO वातावरण कन्सर्ट ,इलाका प्रहरी कार्यालय बाँकेमा डस्बिन सेवा ,टोखा वडा ८मा प्लास्टिक मुक्त २०४० seminar र सरसफाई गतिविधि ,प्रहरी वृत बिभाग सातदोबाटोको भबनमा ASEZWAO ले रंगरोगन सम्पन्न गरी सकेको छ । साथै प्लास्टिक मुक्त अभियान प्रत्येक वडा कार्यलय , नगरपालिका ,सरकारी निकायहरु, संघ संस्था, कलेज र बिद्यालयहरूजस्ता ठाँउ ठाँउमा ASEZWAO ले निरन्तर आफ्नो याेगदान दिंदै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार