काठमाडौं । आज साेमबार नेपाली बजारमा सुनको मूल्यले ‘रेकर्ड’ बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार आज छापावाल सुनको मूल्य दुई लाख ६१ हजार ७०० रुपैयाँ पुगेको छ । कायम भएको हो । यो हालसम्मकै उच्च हो ।
हिजाे आइतबार दुई लाख ५८ हजार ३ सय थियो । महासंघका अनुसार अघिल्लो दिनको तुलनामा तोलामा ३४ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी तोलाकै १३० रुपैयाँ बढेको छ । आइतबार चार हजार १०५ रहेको प्रतितोला चाँदी १३० रुपैयाँ बढेर चार हजार २३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।