बैंक-वित्तीय संस्थामा अधिक तरलता, आज पनि २० अर्ब खिच्दै राष्ट्र बैंक 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (पुस ६) २० अर्ब रुपैयाँ निक्षेप बजारबाट खिच्दै छ ।

राष्ट्र बैंकले अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ खिच्न लागेको हो ।

इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था आज दिउँसो २ बजेसम्म बोलकबोलमा सहभागी हुन पाउनेछन् ।

यसको ब्याजदर पनि बोलकबोलबाटै निर्धारण हुनेछ । यसको सावाँ तथा ब्याज २०८२ चैत १ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार