ग्लोबल आइएमई लघुवित्तका सेयरधनीलाई लाभांश प्रस्ताव

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ ।

बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट २०८२ असार मसान्तसम्मको वितरणयोग्य मुनाफाबाट २०८२ असार मसान्तसम्मको कुल चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

यस्तै बैठकले उक्त लाभांश स्वीकृतीका लागि राष्ट्र बैंकसमक्ष पेश गर्ने र आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार