कित्ताकाट खुलेपछि घरजग्गा कारोबार ह्वात्तै बढ्यो

देशभर ५१ हजार ६३२ वटा घर जग्गा कारोबार

काठमाडौं । चालु आर्थिक बर्ष २०८२–८३ मंसिर महिनामा घर जग्गा कारोबार बढेको देखिएको छ । चालु आर्थिक बर्षको अघिल्ला चार महिना साउन, भदौ, असोज र कात्तिकको तुलनामा मंसिरमा घरजग्गा कारोबार बढी देखिएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार मंसिरमा देशभर ५१ हजार ६३२ वटा घर जग्गा कारोबार भएको छ । यो साउन, भदौ, असोज र कात्तिकको तुलनामा बढी हो ।

गत साउनमा यस्तो कारोबार संख्या ३१ हजार ६२१ वटा थियो । भदौमा त्यो घटेर २७ हजार ४९४ मा सीमित भयो । असोजमा त्यो थप घटेर २३ हजार ३५३ मा सीमित भएको तथ्यांकले देखाउँछ । कात्तिकमा भने २८ हजार ३८३ वटा यस्ता कारोबार भएका थिए । मंसिरमा ५१ हजार ६३२ वटा घरजग्गाका कारोबार भएका छन् । यसरी मंसिरमा घरजग्गा कारोबार उच्च भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार