काठमाडौं । अहिलेसम्म २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले लाभांश घोषणा गरिसकेका छन् । यस्तै ८ वटा विकास बैंकले पनि लाभांश दिने घोषणा गरेका छन् । वाणिज्य बैंकहरुको लाभांश अघिल्लो वर्षको तुलनामा प्राय सबैंको घटेको देखिएको छ ।
एभरेष्ट बैंक : अहिलेसम्म सबैभन्दा बढी लाभांश घोषणा गर्ने एभरेष्ट बैंक ने रहेको छ । बैंकले आफ्ना शेयरधनीहरुका लागि २० प्रतिशत लाभांश दिने भएके हो । बैंकले उक्त लाभांश साधारणसभाबाट पारित पनि गरिसकेको छ ।
बैंकले गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट ६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश पारित गरेको हो ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक : स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले नाफाबाट आफ्ना सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले उक्त लाभांश साधारणसभाबाट पारित गरिसकेको छ ।
कृषि विकास बैंक : कृषि विकास बैंकले पनि आफ्ना सेयरधनीलाई गत आर्थिक बर्षको वितरणयोग्य नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश गरी १३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । उक्त लाभांश बैंकले साधारणसभाबाट पारित गर्ने छ ।
सिद्धार्थ बैंक : सिद्धार्थ बैंकले पनि गत आर्थिक वर्षको वितरण योग्य नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकले उक्त लाभांश साधारणसभाबाट पारित गरिसकेको छ । बैंकको हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर तथा ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
एनएमबी बैंक : यता, एनएमबी बैंकले पनि यसवर्ष १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी १० प्रतिशत वितरण गर्ने निर्णय गरेको छ ।
लक्ष्मी सनराइज बैंक : त्यस्तै लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ, जसमा १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १ गते बोलाएको छ ।
नेपाल एसबिआई बैंक : नेपाल एसबिआई बैंकले आफ्ना सेयरधनीलाई कुल ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको वितरण योग्य नाफाबाट ४ प्रतिशत बोनश सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
एनएमबि बैंक : एनएमबि बैंकका सेयरधनिले पनि गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत लाभांश पाउने भएका छन् । बैंकले यसपाली गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश गरी १० प्रतिशत वितरण गर्ने भएको हो ।
माछापुच्छ्रे बैंक : माछापुच्छ्रे बैंकले पनि गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) गरी ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव वार्षिक साधारणसभाबाट पारित गरिसकेको छ । बैंकले असोज १४ गते नै वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
ग्लोबल आइएमई बैंक : ग्लोबल आइएमई बैंकले गत आर्थिक बर्षको वितरण योग्य नाफाबाट ८ प्रतिशत लाभांश घोषणा गरी वार्षिक साधारण सभाबाट समेत पारित गरिसकेको छ । बैंकले बोनस शून्य प्रतिशत राख्दै ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव कार्तिक २६ गतेको वार्षिक साधारण सभाबाट पारित गरिसकेको हो ।
सानिमा बैंक : सानिमा बैंकले पनि गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट ७.३७ प्रतिशत लाभांश वितरणको घोषणा गरी साधारणसभाबाट पारित गरिसकेको छ । बैंकले यसपाली बोनस सेयर नदिई नाफाबाट सेयरधनीलाई ७.३७ प्रतिशत नगद लाभांश मात्रै दिने निर्णय गरेको हो ।
सिटिजन्स बैंक : त्यसैगरी सिटिजन्स बैंकले इन्टरनेसनलले पनि गत आवको वितरणयोग्य नाफाबाट ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीलाई वितरण गर्ने निर्णय वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । बैंकले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश दिने भएको हो ।