काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार बढेको छ । सेयर बजार परिसूचक ६.७४ अंक बढेर २६ सय विन्दुमाथि कायम भएको हो । ०.२५ प्रतिशतले बजार बढेर २६०१.६१ विन्दुमा कायम छ ।
सामान्य अंकले बढेको बजारमा १५५ कम्पनीको सेयर मूल्य बढेको छ । ९४ कम्पनीको सेयर मूल्य घटेको छ । ३ अर्ब ४४ करोड १९ लाख ३ हजार ७७० रुपैयाँ बराबरको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर किनबेच भएको छ ।
स्वस्तिक लघुवित्त, एसवाई प्यानल नेपाल, स्वेत–गंगा हाइड्रो, ओम मेगाश्री फर्माटिकल्सलगायतका कम्पनीको सेयर उच्च कारोबार गर्ने शीर्ष कम्पनी रहे ।
हिमस्टार ऊर्जा, एनएमबि माइक्रोफाइनान्स, खानीखोला हाइड्रो, ज्योति विकास बैंक बोण्ड, बाराही हाइड्रोलगायतका कम्पनी उच्च गुमाउने शीर्ष स्थानमा रहे ।
समूहगत सूचकतर्फ होटेल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, म्युचअल फण्ड र अन्य इन्डेक्स घट्दा बाँकी समूह बढेको छ ।