लगानीकर्ताले सेयर धितो राखेर डेढ खर्बको कर्जा लिए

काठमाण्डौ । सेयर धितो राखेर लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट डेढ खर्ब कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको चार महिनासम्ममा सेयर लगानीकर्ताहरुले बैंक वित्तीय संस्थाबाट आफ्नो स्वामित्वको सेयर धितो राखेर १ खर्ब ४६ अर्ब १४ करोड ३७ लाख रुपैयाँ बराबरको लोन लिएका हुन् ।

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २९.२५ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म बैक वित्तीय संस्थाबाट १ खर्ब १३ अर्ब ६ करोड ७८ लाख रुपैयाँ बराबरको मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको थियो ।

बैंकले आफ्नो व्यवस्थाअनुसार कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको पुरानो सेयर वा आगामी दिनमा खरिद गर्ने सेयरलाई धितोको रुपमा राखेर कर्जा प्रवाह गर्न सक्दछ । लगानीकर्ताहरुले आफ्नो नाममा भएको सेयर बैंक वित्तीय संस्थामा धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।

तर सेयर धितो राखेर लिएको कर्जा भने लगानीकर्ताले जुनसुकै प्रयोजनका लागि प्रयोग गर्न सक्नेछ । तर अधिकांश सेयर धितो कर्जा सेयर खरिदमा नै प्रयोग हुने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार