नेप्सेमा ४६.५७ लाख कित्ता हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा जारी गरेको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत भदौ ३ गतेदेखि हाल कायम चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गरेको छ। सोही हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै अब आइतबारको कारोबारदेखि उक्त हकप्रद सेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार