प्रहरी निरीक्षक र सहायक निरीक्षकमा खुल्यो नयाँ भर्ना (सूचनासहित)

काठमाडौँ– नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर)र प्रहरी सहायक निरीक्षक (असई)मा नयाँ भर्ना खुलेको छ।

प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन आह्वान गरिएको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले इन्स्पेक्टरका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त दिन सकिनेछ भने असईका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त दिन सकिनेछ।

दरखास्त फाराम अनलाइनमार्फत भर्न सकिनेछ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया
सम्बन्धित समाचार